चीनबाट आउने यात्रुका लागि अमेरिकाले बनायो नयाँ नियम, के-के गर्नुपर्छ ?
अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण नेगेटिभको रिपोर्ट देखाउन अनिवार्य गरेको छ । कोभिडको फैलावटलाई नियन्त्रण गर्न अमेरिकाले जनवरी ५ बाट चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई कोरोनाको नेगेटिभ परीक्षण देखाउन अनिवार्य गरिने जनाएको छ । अमेरिकी स्वास्थ्य मन्त्रालयले हवाई यात्रा गर्नेहरूले दुई दिनभन्दा आगावैको कोरोनाको परीक्षण नेगेटिभ देखाउनुपर्ने बताएको छ ।
उडान भर्नुभन्दा १० दिन अघि कोरोना पोजेटिभ आएकाले निको भएको प्रमाण देखाउनुपर्नेछ । चीनले अर्को सातादेखि आफ्नो सीमाना खोल्ने घोषणा गरेको छ । यससँगै चीनमा मानिसहरु विदेश भ्रमणका लागि ठूलो संख्यामा बुकिङ गरिरहेका छन् । तर, चीनमा कोरोना संक्रमण बढ्दै गएपछि धेरै देशले चीनबाट आउने यात्रुका लागि नियम कडा बनाएका छन् ।
अमेरिकाबाहेक इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि नियम परिवर्तन गरेका छन् । तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट यात्रा नियमहरू खुकुलो घोषणा गरेको छ। चीनले कोरोना संक्रमणसँग सम्बन्धित नियम ‘वैज्ञानिक आधारमा’ लिइएको बताएको छ ।
यसैबीच, बेलायतले यात्रुहरूका लागि परीक्षण सुरु गर्ने वा अन्य कुनै नियम बनाउने योजना नभएको बताएको छ।
Post Comment