बेइजिङस्थित जापानी फर्ममा ४० प्रतिशत कर्मचारीमा कोभिड पोजिटिभ, उत्पादनमा गिरावट
कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । बेइजिङस्थित जापानी दूतावासले चीनमा कार्यरत जापानी कम्पनीका धेरै कर्मचारीलाई कोभिड–१९ को परीक्षण पोजिटिभ देखिएको र उनीहरूलाई अहिले घरबाटै काम गर्न भनिएको छ । चीनमा अवस्थित लगभग सबै प्लान्टहरू पनि थोरै कर्मचारीहरूबाट सञ्चालनमा छन्।
चीनको छिङदाओस्थित जापान विदेशी व्यापार संगठन कार्यालयका प्रमुख योशिकावा अकिनोबुले डिसेम्बर १६ तिर देशमा कोरोना तिब्र गतिमा फैलिन थालेको बताए । यहाँका जापानी फर्ममा कार्यरत ३० देखि ४० प्रतिशत कर्मचारीमा कोरोना पोजेटिभ देखिएको उनले बताए । उत्पादन क्षमता झण्डै आधा घटेको छ । तर, कम्पनीहरूले कर्मचारीसँग तालमेल राखेर कुनै न कुनै रूपमा सञ्चालन कायम राख्न खोजिरहेका छन् ।
गत शुक्रबार क्विङदाओका स्वास्थ्य अधिकारीहरूले दैनिक ४ लाख ९० हजारदेखि ५ लाख ३० हजार मानिस संक्रमित हुने अनुमान गरेका थिए तर चिनियाँ सरकारले स्वास्थ्य अधिकारीहरूले भनेका यी तथ्यांकहरूलाई अस्वीकार गरेको थियो। उनले यस प्रदेशमा २१ जना मात्रै संक्रमित रहेको बताए । यसै क्रममा बेइजिङस्थित जापानी दूतावासले पनि केही जापानी फर्मले सहरमा संक्रमणको सम्भावना चरम अवस्थामा रहेकाले आफ्ना कर्मचारीहरु कार्यालयमा फर्किन लागेको बताएको छ ।
Post Comment