×

शीतलहर र हिमपातका जोखिमबाट सुरक्षित रहन के गर्ने ? स्वास्थ्य मन्त्रालयका ७ टिप्सहरु

शीतलहर र हिमपातका जोखिमबाट सुरक्षित रहन के गर्ने ? स्वास्थ्य मन्त्रालयका ७ टिप्सहरु

सांकेतिक तस्वीर

केही समय यता बढ्दो चिसो सँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसोबाट बच्न आम सर्वसाधारणमा अपिल गरेको छ । साथै, चिसोबाट बच्न के गर्ने रु हेरौं स्वास्थ्य मन्त्रालयका यी टिप्सहरु स्

१. शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ । कोठा न्यानो पारौं र पर्याप्त हावा ओहोरो दोहरो हुने व्यवस्था गरौँ

२. बालबालिका, वृद्ध–वृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरुलाई चिसोबाट बचाऔं।

३. आमाको दूध खाने बच्चाहरुलाई नियमित रूपमा स्तनपान गराऔं ।

४. तातो तथा पोषिलो झोल पदार्थहरु प्रशस्त मात्रामा सेवन गरौँ, धूम्रपान तथा मद्यपान नगरौं।

५. स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यार घ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

६. सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला क्रिकेट आदि बाली भयाल ढोका बन्द गरेर कहिल्यै नसुतौं त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुन सक्छ ।

७. आगो बालेको ठाउँमा बच्चाहरुलाई एक्लै नछोडौं ।

Post Comment